ऑफुसग भएको सबै पैसा र आफ्नो साइकलले किचेको चल्ला लिएर हस्पिटल पुगे यि बालक,(संसारका सबै प्राणी बॉच्न पाउनु पर्छ भन्ने गतिलो पाठ पढ़ाए यि बालकले संसारलाई)

एजेन्सी । साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना-सानामा खुसी।अहिले भारतका भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् । उनको कामले धेरैलाई भावुक र चकित बनाएको छ । भारत मिजोरम राज्यका एक बालक चल्ला बोकेर अस्पताल पुगेको विषय सामाजिक सञ्जाल व्यापक भाइरल भइरहेको छ।


मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस छिमेकीकाे कुखुराको एउटा चल्ला किच्यो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो ।इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा पुगे ।
जब त्यो तस्बिर फेसबुकमा पोस्ट भयो लगत्तै हजारौले सेयर गरे, जसमा सयौ प्रतिक्रिया जनाइयो । याे समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८२ हजार सेयर भएकाे छ । तस्बिर यतिखेर धेरैतिर भाइरल बनेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*