बाराका पिडित परिवारलाई तरुण दलले न्युनतम १० हजार दिने, घाइतेको उपचार पनि निशुल्क गरिदिने

केहि दिन अगाडी मात्र बारा जिल्लामा विनाशकारी हावाहुरीले ठुलो क्षेति गरेको छ । यस विनाशकारी हावाहुरीले त्यहाँ धेरैको ज्यान लिएको छ भने कैयन व्यक्तिहरुलाई बिस्थापित समेत गरेको छ । पिडित परिवारको लागि यतिबेला नेपाल तरुण दलले हात अगाडी बढाएको छ ।

केहि दिन अगाडी मात्र नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा बारा पुगेर पिडित परिवारको अवस्था बुझेर ३५ लाख सहयोग गर्ने घोषणा गरेका थिए भने काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले पनि पिडित परिवारको सहयोगको लागि अगाडी सरेको छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत आफै बारामा पुगेर पिडित परिवारको अवस्था बुझेका छन् भने उनले तरुण दलले प्रत्येक ज्यान गुमाएका परिवारलाई न्युनतम १० हजार सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

मकवानपुर ,पर्सा ,चितवनका तरुण नेताहरुसंग नेपाली काँग्रेस पार्टी कार्यालय बारामा अध्यक्ष बस्नेतले हावाहुरी प्रभावित क्षेत्रमा के कसरी राहत वितरण कार्य प्रभावकारी बनाउने र पीडितको दुःखमा साथ दिन सकिन्छ भन्ने छलफल गरेका थिए ।

एक हप्तामा तरुण दलले आर्थिक सहयोग उपलब्ध गराउने र क्षेति भएका ठाउँमा राहत समेत वितरण गर्ने विश्वास समेत अध्यक्ष बस्नेतले ब्यक्त गरेका छन् ।

साथै उनले तराईमा यति ठूलो विपद् आएर जनधनको क्षति भएपनि सरकारले राष्ट्रिय शोक घोषणा नगरेकोमा आपत्ति जनाउँदै तत्काल राष्ट्रिय शोक घोषणा गर्न माग गरे । यस्तै उनले पिडित परिवारलाई चिन्ता नगर्न बिन्ति गर्दै तरुण दल हर हमेशा बिपतको बेला नेपाली जनताको साथमा रहने स्पष्ट पारेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*